जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १५:२४

जसपा विभाजनले कांग्रेस र समाजवादी एकैसाथ थन्को लागे


काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपाल विभाजनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ । यो विभाजनले सरकार ढाल्न खोज्ने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) एकसाथ थन्को लागेका हुन् ।

माधव नेपालले पछिल्लो समय विभिन्न वाहहाना बनाएर सरकार ढाल्न प्रयत्न गरिरहनु भएको थियो कांग्रेस पनि एकीकृत समाावदी र जसपा नेपाललाई मिलाएर नेकपा (एमालें र नेकपा (माओवादी केन्द्रबिनाको सरकार बनाउने प्रयत्न थियो । तर, जसपा विभाजन भएपछि अब वैकल्पिक गठबन्धनको बहुमतको अंकगणितले फेल खाएको छ । त्यसले सरकारको आयु पूर्णकाल रहने सन्देश दिएको छ ।

माधव नेपालको कांग्रेस सभापति देउवासंगको उठबस ‘अफेयर’ मा सीमित हुने भएको हो । किनभने अब पनि प्रयत्न गरे एकीकृत समाजवादी नै एकीकृत नरहने चलखेल हुन थालेको थियो । यसकै कारण हिजोसम्म एमालेलाई धारे हात लगाएर वैकल्पिक गठबन्धनको कुरा गर्ने राजेन्द्र पाण्डेलगायतको अहिले बोली फेरिएको छ ।

पाण्डेले त्यस्तो प्रयास नभएको बताउनुभएको छ भने उपेन्द्र यादव निकटस्थ पनि वैकल्पिक गठबन्धन बनाउने कुरा नसोचिएको बताउन थाल्नुभएको छ । सत्ता गठबन्धनका सहयात्री दलका नेताबीच कुराकानी हुनु सामान्य भएको उहाँहरूको कथन छ । ‘एकै ठाउँमा कार्यालय भएपछि नचाहेर पनि दिनमै दुई÷तीन पटक भेट भइहाल्छ नि’ सांसद पाण्डेले भने ‘कुनै पनि भेटमा सरकार ढाल्ने कुरा भएको छैन ।’