जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १६:४०

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला


काठमाडौं, २४ बैशाख । नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु तयार रहेको बताएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगिको छानबिन गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको हो । बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफुहरुको समर्थन नरहने बताउनुभयो ।

उहाँले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगिको छानबिन प्रभावित हुन नहुने बताउदै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगिको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो । यसअघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगिको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर यो कांग्रेसको माग अनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ । बैशाख २८ गते देखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।