जनता टाइम्स

२६ बैशाख २०८१, बुधबार १२:५७

सुहाङले लिनुभयो सपथ


काठमाडौं, २६ वैशाख । प्रतिनिधीसभाका नवनिर्वाचित साँसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

संसद सचिवालय सिंहदरबारमा सभामुख देवराज घिमिरेले नेम्वाङलाई केही बेर अघि पद तथा गोपनियताको सपथ गह्रण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना,कानुुन मन्त्री पदम गीरी,रक्षा मन्त्री हरी उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

सभामुख घिमिरेले सुहाङलाई संसदको लोगो पनि लगाइदिनु भएको छ । इलाम २ बाट निर्वाचित साँसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएका कारण बैशाख १५ गते यस क्षेत्रमा निर्वाचन भएको थियो । निर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वार बनेका सुहाङ निर्वाचित हुनु भएको थियो ।