जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १६:४८

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर


विराटनगर, २७ बैशाख । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गर्नुभएको हो ।

कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले गएराति सरकार गठनको आव्हान गरेर आजै दाबी पेश गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसक्नुभएको छ ।