जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १९:५८

डिआइजीद्वय भीम ढकाल र उमेश राज जोशी एआइजीमा बढुवा


काठमाडौं, बैशाख २७ । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय भीमप्रसाद ढकाल र उमेश जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिशअनुसार ढकाल र जोशीलाई एआइजीमा बढुवा गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहनुभएको छ । ढकाले प्रहरी प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।

यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा हुनुहुनछ । वैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो । एआइजीमा बढुवा भएका ढकाल नेपाल प्रहरीमा मिलनसार र काममा अब्बल अधिकृतका छवी बनाएका अधिकृत हुनुहुन्छ ।