जनता टाइम्स

२८ बैशाख २०८१, शुक्रबार १९:०८

गगन थापालाई रबि लामिछानेको कडा चुनौती, प्रमाण ल्याए राजनीति छोडिदिने घोषणा


काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले कडा चुनौती दिनुभएको छ ।

लामिछानेले आफूले निवेदन दिएर सहकारीबाटऋण लिएको प्रमाण ल्याए राजनीति नै छोडिदिने घोषणा गर्दै झुटको भण्डाफोर गर्नुभएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नुपर्ने बताउनुभएको हो ।

उहाँले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताउनुभयो ।