जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १८:०२

उपेन्द्रलाई राजीनामा गर्न प्रधानमन्त्रीको सन्देश, जसपा नेपालको सरकारबाट बाहिरिने तयारी


काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । प्रधानमन्त्रीले यादवलाई राजीनामा गर्न सन्देश पठाएपछि तत्काल जसपा नेपालले बैठक राखेको हो ।

माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्न नैतिक संकट आइलागेको हो । जसपा नेपालका अध्यक्षसमेत रहनुभएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक राख्नुभएको छ । यादवले यसअघि आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफलसमेत गर्नुभएको थियो ।

छलफल सकारात्मक नभएसँगै उपेन्द्रलाई संकट आइलागेको हो । मधेसमा माओवादी केन्द्रले आजै सरकार छोडेको छ भने एमालेले पनि छोड्ने तयारी गरेको छ । माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद रहेका छन् ।