उदयपुर, बैशाख ३० । जनसंख्या र भौगोलिक हिसावले सबैभन्दा सानो ठाउँ लिम्चुङ्गबुङ्गमा सत्तारुढ दल नेकपा माओबादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पहिरो गएको छ ।
लामो समयदेखि सरकारमा रहँदा पनि जनताको जनजीविकाको सवालमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै दुई पार्टीका ४१ जना नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । यसरी प्रवेश गर्नेहरुमा पालिकाका प्रभावशालि नेतादेखि विभिन्न मोर्चा तथा जनबगीय संगठनको जिम्वेवारी सम्हालिसकेका व्यक्तिहरु रहेका छन ।
स्थानीय एमाले नेता तथा जिल्ला कमिटी सदस्य राजकुमार राई (कोयु) का अनुसार माओबादीबाट शेर्पा राष्ट्रिय मुक्ती मोर्चाका गन्जु शेर्पाको नेतृत्वमा २७ जना एमाले प्रवेश गर्नुभएको छ भने काँग्रेसका काजी मगर र फुरे शेर्पाको नेतृत्वमा १४ प्रवेश गर्नुभएको छ ।
नवप्रवेसीहरुलाई एमाले पोलिटव्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य तथा पालिका इन्र्चाज अम्बिका थापा, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, देवराज राई, बेनीबहादुर रम्तेल, जिल्ला अध्यक्ष भागवत राउत, पुर्वअध्यक्ष परमेश्वर घिमिरे, उपसचिब हेम खड्का लगायतका नेताहरुले अविर लगाएर स्वागत गर्नुभएको छ।
नवप्रवेशीलाई स्वागत गर्दै एमाले नेताहरुले योग्यता, क्षमताका आधारमा सबैलाई उपयुक्त जिम्वेवारी दिएर पार्टी निर्माणमा लगाईने बताउनु भयो । उहाँहरुले एमालेले लिएको “सुखी नेपाली, समृद्ध नेपाल”को महत्वपूर्ण आकांक्षालाई पुरा गर्न यतिबेला एमालेलाई मजवुद बनाई आगामी निर्वाचनमा दुई तिहाई वहुमतको सरकार बनाउन दिनु पर्ने धारणा व्यक्त गर्नुभयो । यस्तै नेताहरुले मुलुकको विकास र समृद्धिलाई अघि बढाउन एमालेसँग मात्र स्पष्ट रोडम्याप रहेको बताउनु भयो ।
कार्यक्रममा एमाले अध्यक्ष भागवत राउतले सत्तामा हुँदा र नहुँदा पनि एमालेले जनताका जनजीविका र राष्ट्रियताका सवालमा एमाले खेलेको भुमिकाले जनतामा आकर्षण बढेको बताउनु भयो । उहाँले विगतमा बाटो बिराएर गएकाहरुलाई पनि पार्टी भित्र फर्केर पुन जिम्वेवारी सम्हाल्लन समेत आग्रह गर्नुभयोे ।
प्रतिक्रिया दिनुहोस्