काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा गरिबहरूलाई सञ्चालन गर्ने कार्यक्रम एकीकृतरुपमा गर्ने लक्ष्यसहित यस्तो गर्न लागेको बताउनुभएको हो ।
पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निस्शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने समेत सरकारको योजना छ ।
प्रतिक्रिया दिनुहोस्