जनता टाइम्स

१ जेष्ठ २०८१, मंगलवार २३:००

निर्वाचित भएको दुई वर्षपछि मेयरको नतिजा बदर, अदालतले दियो पुनः मतगणना गर्न आदेश


तनहुँ, जेठ १ । निर्वाचन सम्पन्न भइ बिजयी बनेर कार्मभार सम्हालेको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको नतिजा बदर भएको छ । उच्च अदालत पोखराले आज परणाम बदर गर्दै पुनः मत गणना गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न आदेश दिएको छ । २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराउनु भएको थियो ।

नेकपा एमालेसँग चुनावी तालेमल गरेर निर्वाचनमा होमिनुभएका पूर्वगृहमन्त्री गोबिन्दराज जोशीका पुन दिपकले मतगणनामा धाँधली भएको भन्दै मुद्दा दर्ता गराउनु भएको थियो ।

सो निर्वाचनमा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले बिजयी हुनुभएको थियो । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाउनु भएको थियो ।