जनता टाइम्स

१ जेष्ठ २०८१, मंगलवार २३:३२

नीति तथा कार्यक्रम सुनेर प्रधानमन्त्री-मन्त्रीले नै थाम्न सकेनन हाँसो


काठमाडौं, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा घोषणा गरिएको एउटा बुँदाका कारण संघीय संसदको संयुक्त सदनमा हाँसोको बाढी लागेको छ ।

राष्ट्रपति पौडेलले सो बुँदा बाचन गर्दा प्रधानमन्त्री र मन्त्रीहरुले नै हाँसो थाम्न नसकी खित्का छाडनुभएको हो । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सक्षम बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाउनु भयो ।

नीति कार्यक्रममा बालबालिकामाथिको दुर्ब्यवहार, महिला हिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछुत, लागूपदार्थ दूर्ब्यसनी, दाइजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने उल्लेख छ । यस्तै बोक्सी, दाइजो प्रथालगायत कुरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले महिलाहरूमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

राष्ट्रपतिले यो कार्यक्रमको बुँदा घोषणा गर्नासाथ सदनमा हाँसो छुटेको थियो । प्रधानमन्त्रीसँग नजिकै रहनुभएका उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ पनि मुखामुख गर्दै खित्का छाडनु भएको थियो भने प्रधानमन्त्री पनि खित्का छाडेरखित छाडन बाँकी रहेनन ।