काठमाडौं ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवशको अवसरमा आज बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताउनुभयो । ‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ,’ ओलीले भन्नुभयो , ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्