जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार २०:१०

धनराज गुरुङले आपत्तिजनक हर्कत देखाएपछि


काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संसदभित्रै गुणगर्दीमा उत्रनुभएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले आज संसद घेराउको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दुब्र्यवहार गर्नुभएको हो । बेल घेराउ र नारावाजीमा जानुभएका पूर्वमन्त्री गुरुङले एमाले अध्यक्ष ओलीतिर फर्किएर आपत्तिजनक हर्कत गर्नुभएको हो ।

बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस सांसदहरु नारावाजीमा उत्रनुभएको थियो । नारावाजीकै क्रममा गुरुङ अध्यक्ष ओलीमाथि जाइलाग्नुभएको हो ।

पूर्वमन्त्री गुरुङले ओलीसामू गुण्डा नाइकेको स्वरुप देखाएपछि एमाले प्रमुख सचेतक सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतका नेताहरु बचाउन पुग्नुभएको थियो । अध्यक्ष ओलीमाथि भौतिक आक्रमण नै गर्ने योजनासहित प्रस्तुत हुनुभएका धनराज महेशको हात देखेपछि आँखातिर औला तेस्र्याएँदै अपमान गर्नुभएको हो ।

धनराजसहित उदण्ड सांसदको हर्कतले संसदमा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।