सर्लाही, बैशाख ३ । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित हुनुभएको छ ।
एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशनबाट साह १२ मतको अन्तरले प्रतिस्पर्धी गणेश प्रसाईंलाई पराजीत गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित साहले २८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी प्रसाइँले २६८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै जिल्ला उपाध्यक्षमा बिदुर प्याकुरेल २६२ मतसहित विजयी हुनुभएको छ । प्याकुरेलका प्रतिस्पर्धी प्रकाश थापाले १८१ मत पाउनुभएको छ । यस्ते सचिवमा १७७ मत ल्याएर डिल्ली अधिकारी विजयी हुँदा प्रतिस्पर्धी बलराम पोखरेलले १३९ मत प्राप्त गर्नुभएको छ । यस्तै जिल्ला उपसचिवमा बलराम स्माली २१७ मतसहित विजयी हुँदा मोहन भण्डारीले १०२ मत ल्याउनु भयो ।
महिला उपसचिवमा विभा नेपाल २६३ मतसहित विजयी हुँदा एकावती चौधरीले २५८ मत प्राप्त गर्नुभएको छ । यस्तै लेखा समिति संयोकजमा उत्तम परियारलाई पराजित गर्दै रमेशप्रसाद चौलागाईं विजयी हुनुभएको छ ।
सर्लाहीमा एमालेको १३१ सदस्यीय जिल्ला कमिटी रहेको छ। सदस्यका प्रतिस्पर्धीको मतगणना शुक्रवारबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्