धादिङ, साउन २१ । धादिङको गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढलेको छ।
धादिङबाट काठमाडौं जाँदै बागमती १–००६च ६५१२ नम्बरको इभी माइक्रो बसमाथि गजुरी गाउँपालिका–५ पोखरेखोलाको जरेपुल नजिक रूख ढलेर बजारिएको हो। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार रूख ढलेर माइक्रो बसमा बजारिँदा ७–८ जना यात्रु घाइते भएका छन ।
घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको जिप्रपा धादिङका प्रवक्ता प्रहरी नाउव उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार रूख ढल्दा पृथ्वी राजमार्ग दुइतर्फी नै अवरूद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्