काठमाडौं, मंसिर १ । काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ । एकै दिनमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियसले घटेपछि बिहानको चिसो थप बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ ।
सोमबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस थियो । एक दिनमै तापक्रम उल्लेख्य रूपमा घटेपछि बिहान र रातिको समयमा चिसो बढी महसुस हुन थालेको छ ।














प्रतिक्रिया दिनुहोस्