जनता टाइम्स

१ मंसिर २०८३, मंगलबार ०७:१३

कोसी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, मंसिर १ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

महाशाखाका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । रातिको समयमा पनि कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।