काठमाडौं, साउन २६ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट एक युवकले हाम फालेर आत्महत्या गरेका छन ।
प्रहरीका अनुसार छतबाट हाम फालेका युवकको युवकको मृत्यु भएको हो । सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हामफालेपछि घाइते भएको आचार्यको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको थियो । तर शनिबार दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
आचार्य त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा आफन्त पनि नरहेको प्रहरीले जनाएको छ । आचार्य एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हाम फालेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्