जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार १६:२२

प्रकाशले पाए नागरिकता


भोजपुर, १६ भदौ । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाउनुभएको छ । आज प्रशासनका अधिकारीले प्रकाशलाई उहाँको घर भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उहाँको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।