काठमाडौं, भदौ १८ । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
मंगलवार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका हुन । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्