काठमाडौं, भदौ २१। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ संचालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सीट सुनिश्चित गरेको हो ।
५० सीटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन्। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सीट सुनिश्चितता भएको जानकारी दिनुभयो । यो कामले प्रतिष्ठानको विकासमा एमबीबीएस पढाई महत्वपूर्ण कोसेढुङ्गा साबित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
‘एमबीबीएस पढाइ संचालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । दाङसहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछझउनले भने । प्रतिष्ठानले करिब ७ बर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएससी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिनुभएको थियो । एमाले महासचिव शंकर पोख्रेलले एमबिबिएस पठनपाठन संचालन गर्न लिएको पहलकदमीले सफलता पाएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्