काठमाडौं, भदौ २६। राष्ट्रिय युवा संघ नेपाल धादिङ जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनबाट अध्यक्षमा सुनिल तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा किरण पाठक चुनिनु भएको छ ।
संगठनको सचिवमा गुनु लामा, सहसचिवमा राजु तामाङ तथा गणेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ कोषाध्यक्षमा भने सुमन अधिकारी निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट युथफोर्स विभागको प्रमुखमा निशान विशुराल निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्