काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमवार एनआरएनएको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।
एनआरएनएका पराजीत अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा पक्षले आफूहरु आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए । उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ ।
प्रतिक्रिया दिनुहोस्