काठमाडौं, असोज ५ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्यो । यसअघि पुलिसले आफ्नो अपराजित रहँदै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्