काठमाडौं, असोज ६ । शिक्षा पत्रकार समूहले महिला नेतृत्व पाएको छ। शनिबार सम्पन्न १२ औं अधिवेशनले स्थापित महिला पत्रकार निर्जलालाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेकोछ । जस्को वरिष्ठ उपाध्यक्षमा जनक नेपाल, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा प्रज्ञा तिम्सिना र कोषाध्यक्षमा सबिना बानियाँ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा सञ्जिव घिमिरे ‘शुभचिन्तक’, हरिसुन्दर छुकां, अमृता बुढाथोकी, रोजिना थापा कार्की, यम बम, भागीरथी पण्डित र कृष्णसिंह धामी चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष कक्षपतिले समूहलाई शिक्षा पत्रकारहरूको साझा मञ्चको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भयो ।
शिक्षा पत्रकार समूह स्थापना कालदेखि नै सार्वजनिक शिक्षाको सुधार, शिक्षामा पहुँच वृद्धि र शैक्षिक अनुसन्धानमा संलग्न रहँदै आएको छ। यद्यपी समुहमा संस्थापकहरुमध्ये आधा जसोले चरम राजनीति भएको भन्दै छाडिसकेका छन ।
प्रतिक्रिया दिनुहोस्