जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार २०:११

एमाले रामेछापको यस्ता छन् महत्वपूर्ण ९ निर्णय


काठमाडौं, १२ असोज । नेकपा-एमाले रामेछाप जिल्ला कमिटीको गत बिहीबार सम्पन्न बैठक जिल्लालाई दूरगामी असर गर्ने ९ महत्वपूर्ण निर्णय गरको छ ।

कमिटीले नयाँ जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईंलाई स्वागत गर्दै निवर्तमान जिल्ला इञ्चार्ज गणेशकुमार पहाडीलाई फेरि भेटौला भन्दै बिदाई गरेको छ ।

एमाले केन्द्रीय कमिटीले नेताहरूलाई बाहिरको भूगोलमा खटाउने निर्णय गरेअनुसार केन्द्रीय सदस्यसमेत रहनुभएका पहाडीलाई रामेछाप पठाइएको थियो । केही समयअघि पुनः आ–आफ्नै भूगोलमा फर्काएसंगै चौलागाईँ आफ्नै गृह जिल्ला रामेछाप पुग्नु भएको हो ।

पार्टीका जिल्ला अध्यक्ष पुरुषेत्तम कडेरियाको अध्यक्षता एवं स्थायी कमिटी सदस्य तथा बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो बैठकले जिल्ला कमिटीमा नवमनोनित हुनुभएका जिल्ला कमिटीका सदस्यहरूलाई सपथ ग्रहण पनि गराएको छ ।

बैठकले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन समेत गरेको बैठकपछि जारी प्रेस ब्यक्तव्यमा उल्लेख छ । जसअनुसार अध्यक्ष कडेरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्कीलाई पार्टीको समग्र नेतृत्व, कोष तथा वित्त व्यवस्थापन र संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपसचिव मिलनकुमार घिसिङलाई जनसंगठन संयन्त्र प्रमुख, उपसचिव मखमली श्रेष्ठलाई पार्टी स्कूल विभागको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी रामेछाप प्रदेशसभा (क) को संयोजकको जिम्मेवारी भीमबहादुर तामाङ्ग र (ख) को संयोजक प्रमबहादुर लामालाई तोकिएको छ ।

बैठकले हालै भएको अविरल बर्षाको कारण जिल्लाका विभिन्न भागमा भएको जनधनको क्षतीप्रति दुःख व्यक्त गरेको छ भने राहत र उद्धार कार्यमा सक्रीय सहभागिता जनाउन सबै पार्टी सदस्य तथा कार्यकर्ताहरूलाई आह्वान गरेको छ । बैठकले पार्टीको जिल्ला कमिटी भवन बनाउन आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ ।