जनता टाइम्स

१४ आश्विन २०८१, सोमबार १८:५२

स्वदेश फर्किएलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौं, असोज १४ । बाढी पहिरो लगायतले पारेको क्षतीको बिषयमा जानकारीसहित उद्धार तथा राहतको स्पष्ट निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद बोलाउनु भएको हो ।