काठमाडौं, असोज १६ । नेपालका बाढी पहिरो प्रभावित जनतालाई चिनियाँ रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर (एक करोड २२ लाख ८२ हजार रुपैयाँ) सहयोग गरेको छ ।
विपद्का घटनामा परेका नेपाली नागरिकको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले बुधबार नेपाल सरकारको विपद् राहत कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको हो ।
नेपालका लागि चीनका राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकमार्फत उक्त रकमको चेक नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरको क्रममा उहाँले विपद्मा नेपाललाई चिनियाँ सरकारको साथ रहेको बताउनुभयो । विपद् प्रभावितलाई थप सहयोग गर्न चीन तयार रहेको राजदूत सोङले बताउनु भयो ।
पछिल्लो समय बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपत्तीमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालय मार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।
चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । उहाँले विपद्मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने बचन व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्