जनता टाइम्स

१८ आश्विन २०८१, शुक्रबार ००:२७

रिटर्नी फेडेरेशनसँग मिलेर प्रवासी नेपाली मञ्चले काठमाडौंमा स्थापना गर्यो कार्यालय


काठमाडौं, असोज १८ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले रिटर्नी फेडेरेशन नेपालसँग मिलेर काठमाडौंमा संयुक्त कार्यालय सञ्चालनमा ल्याएको छ । दुई संगठनको संयुक्त कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गरिएको हो ।

प्रवासमा रहेका नेपालीलाई समस्या परेको अवस्थामा सोही कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले बताउनु भयो ।

रिटर्नी फेडरेशन प्रवासबाट फर्किएका पार्टी सम्वद्ध सदस्यहरुलाई संगठित गर्न स्थापना गरिएको एमालेको सवैभन्दा कान्छो जनसंगठन हो । यस्तै प्रवासी नेपाली नेकपा एमालेको प्रवासमा रहेका संगठन हो । ओएनएएफले बिश्वभर रहेका नेपालीलाई संगठित गर्दै आएको छ ।