जनता टाइम्स

२९ कार्तिक २०८१, बिहीबार ०८:३१

गण्डकी प्रदेश सभा गौचनको निधन


काठमाडौं, कात्तिक २९ । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति गौचनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाले बताउनु भयो । गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा नुभएको थियो ।

उनको शव अस्पतालमै राखिएको र छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारले जनाएको छ ।