जनता टाइम्स

२२ मंसिर २०८१, शनिबार २१:२७

धनगढीका मेयर गोपी हमाललाई फोक्सो र मस्तिष्कमा समस्या, थप उपचारका लागि दिल्ली लगियो


कैलाली, मंसिर २२ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिनुभयो । श्वास फेर्न समस्या भएपछि गएराति नै उहाँलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।