जनता टाइम्स

५ पुष २०८१, शुक्रबार २०:००

नेपाल प्रहरीका २ जना डीआईजी एआईजीमा बढुवा


काठमाडौं, पुस ५। नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।

डीआईजीबाट एआईजी बढुवा हुनेमा प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत दुर्गा सिंह र प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा दरबन्दी रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय कार्यरत भरतबहादुर बोहोरा हुनुहुन्छ । रहेका छन् ।

मंसिर २८ गते गृह सचिव गोकर्णमणी दुवाडीको संयोजकत्वमा रहेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सिंह र दोस्रो नम्बरमा बोहोरालाई बढुवाका लागि सिफारिस गरेको थियो ।

एआईजी बोहोरा यहि पुस १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन भने सिंह प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगै आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानुहुनेछ ।