जनता टाइम्स

७ पुष २०८१, आईतवार २०:५७

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले संकलन गर्यो ६० पिन्ट रगत (फोटोफिचर)


काठमाडौं, पुस ७ । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको प्राङ्गणमा शनिवार आयोजित रक्तदानमा ६० पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जानकारी दिएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क मञ्चका सचिव नारद खड्काले जानकारी दिनुभयो । खडकाका अनुसार रक्तदान गर्न करिब दुई सय जना जतिले इच्छा व्यक्त गरे पनि अनियमित रक्तचाप, नियमित औषधि सेवन, शरीरमा ट्याटु खोपिएकोलगायत कारणले रक्तदान गर्न पाएनन् ।

‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै सङ्गठनको सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो,’ सचिव खड्काले भन्नुभयो, ‘कार्यक्रममा सहभागी हुनुभइ रक्तदान गर्नुहुने सम्पूर्णप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

सम्पर्क मञ्चले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुरेयाउने नेपाल रेडक्रस भक्तपुर शाखालाई धन्यवादसमेत दिएको छ ।