काठमाडौं, पुस १२ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ हुनुभएको छ ।
एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिनुभयो । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी हुनुभएको थियो ।
कार्यक्रममै बैद्य अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
प्रतिक्रिया दिनुहोस्