जनता टाइम्स

१४ पुष २०८१, आईतवार १८:३८

प्रदेश सरकारद्वारा धर्मकीर्ति विहारलाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं, १४ पुस । वागमती प्रदेश सरकारले धर्मकीर्ति विहार, श्रीघः, नघल, काठमाडौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज धर्मकीर्ति विहार, श्रीघः, नघल, काठमाडौंका धम्मावती गुरुमांको स्वास्थ्य उपचारको लागि बाग्मती प्रदेशले सहयोग गरेको हो । प्रथम महिला राधिका शाक्य, स्वास्थ्य मन्त्री किरण थापा मगर, पुर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलगायतले आईसियु बेड तथा मनिटरलगायत स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्नुभएको हो ।

गुरुमांको योगदानलाई कदर गर्दै विगतमा विभिन्न संघसंस्थाबाट थुप्रै सम्मान गरिएको थियो । केहिदिन अघि लुम्विनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बुद्ध धर्मको उत्थानमा लामो समयदेखि समर्पित हुनु भई अतुलनिय योगदान गर्नुभएकोमा उहाँलाई मानार्थ विधावारिधि प्रदान गरिएको थियो । ९१ वर्षको धम्मावती गुरुमांको स्वास्थ्य अवस्था कमजोर भएपछि सरकारले उहाँलाई सहयोग गरेको हो ।

उहाँ १३ वर्षको उमेरमा वर्मा देश (हाल म्यानमार) मा गई थेरवाद बुद्ध धर्मको अध्ययन गर्नु भएको थियो । बि.स.२०२० सालमा नेपाल फर्केर उहाँले २०२२ सालमा धर्मकिर्ति विहमरकमे स्थापना गर्नुभएको थियो । विश्वमा बुद्ध धर्म फैलाउने र समाजमा महिला उत्थान तथा परिवारहरुमा सचेतना वृद्धि गरि सामाजिक उत्थानमा उहाँको महत्वपुर्ण योगदान रहेको छ । नेवार समाजमा महत्वपुर्ण योगदान गर्नुभएको हुँदा उहाँ भाषाथुवाको रुपमा पनि विभुषित हुनुहुन्छ । हालसम्म विभिन्न सम्मान पाईसक्नुभएको उहाँलाई शासनधज्ज धम्मचरिय, अग्गमहागन्थवाचक पण्डित, भाषाथुवा श्रद्धेय डा. धम्मवती गुरुमां भनेर चिनिन्छ ।

केहि समयदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई उपचारको क्रममा आरुष अस्पताल, पुल्चोकमा करीब २१ दिन उपचार गरिएको थियो । उक्त उपचारपश्चात स्वास्थ्यमा केही सुधार आएपछि हाल धर्मकिर्ति विहारमा नै राखिएको छ । अझ राम्रो व्यवस्थाका साथ राख्न राज्यबाट सहयोग लिइएको धर्मकिर्ति बिहार श्रीद्दःनघलले जनाएको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चिकित्सक लगायत अन्य विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।