जनता टाइम्स

१८ पुष २०८१, बिहीबार २३:१६

अमेरिकामा बन्यो मजदूरहरुको संगठन, दिपक सापकोटाको नेतृत्वमा जिफन्ट सपोर्ट ग्रुप गठन


अमेरिका, पुस १८ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टसंग आवद्ध अमेरिकामा रहेका मजदुरहरूले जिफन्ट सपोर्ट ग्रुर्प अमेरिका गठन गरेका छन ।

अमेरिकामा रहेका मजदूरहरुले डिसेम्बर हालै जिफन्टका पूर्वनेताहरू प्रभुराम थापा र शान्ति जिरेललाई अतिथी बनाएरभेला आयोजना गरी ७ सदस्यीय कमिटी गठन गरेका हुन । कमिटीको अध्यक्षमा दिपक सापकोटा रहनुभएको छ भने सचिवमा सोनु दनुवार चौधरी र कोषाध्यक्षमा केशव सुवेदी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा इन्द्रसिंह लामा, सुमी राई, कृष्ण ढकाल र दिपक लामिछाने रहनु भएको छ । भेलाले सो संगठनको सल्लाहकारमा प्रभुराम थापा, शान्ति जिरेल र मञ्जू थापालाई चयन गरेको छ । कमिटीले अमेरिकाभरी रहेका जिफन्टसँग आवद्ध पूर्वश्रमिकहरू र यस समुहमा जोडिन अपिलसमेत गरेको छ भने सोहीअनुसार सपोर्ट ग्रुपमा जोडदै संगठन विस्तार गर्ने निर्णय गरेको छ ।