जनता टाइम्स

२२ पुष २०८१, सोमबार १०:२२

काठमाडौं र मकवानपुर जोडने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ सम्म बन्द


मकवानपुर, पुस २२ । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।

उहाँले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उहाँले बताउनुभयो । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने अध्यक्ष पुडासैनीले बताउनुभयो ।

यस्तै, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उहाँका अनुसार हेटौँडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काटमाडौंबाट हेटौँडा आउने सवारीसाधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।