काठमाडौं, पुस २६ । नेकपा एमाले जिल्ला कमिटी काठमाडौंका समिति सदस्य पूर्णमान लामामाथि बलात्कार आरोप लागेको छ ।
लामालाई सो आरोपमा प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा पुस २२ मा लामालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाले जनाएको छ । नाबालिका बलात्कार गरेको कसुरमा लामामाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पक्राउ गरेलगत्तैकाठमाडौँको शंकरापुर नगरपालिका–१ निवासी लामालाई पार्टीले निलम्बन गरेको छ । पक्राउ परेपछि एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर लामालाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्