जनता टाइम्स

५ माघ २०८१, शनिबार ११:२१

एमाले मेलम्चीको अध्यक्षमा तामाङ निर्विरोध, यस्तो छ ५३ सदस्यीय कार्यसमिति (सूचीसहित)


सिन्धुपाल्चोक, माघ ५ । नेकपा एमाले मेलम्ची नगर कमिटीको अध्यक्षमा उपेन्द्र तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिवार विहान सम्पन्न भएको अधिवेशनले अध्यक्षमा उपेन्द्र तामाङ, उपाध्यक्षमा पासाङ तामाङ, सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुलाल र प्रतिमा धिताल चयन हुनुभएको हो ।

अधिवेशनले ५ पदाधिकारी र ४८ सदस्य गरी ५३ सदस्यीय नगर कमिटी चयन गरेको छ । अधिवेशनको उदघाटन एमाले सचिव पद्मा अर्यालले गर्नुभएको थियो ।