जनता टाइम्स

९ माघ २०८१, बुधबार १८:५३

मन्त्रिपरिषदले गर्यो २ सचिवको सरुवा


काठमाडौं, माघ ९। सरकारले राजपत्रांकित बिशिष्ट श्रेणीका दुई सचिवको सरुवा गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार तीन दिन अघि बसेको मन्त्रिपरिषद बैठकले न्याय सेवातर्फका दुई सचिवको सरुवा गरेको हो ।जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्याधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ ।

यसैगरी महान्याधिवक्ताको कार्यालयमा नायव महान्याधिवक्ता खेमराज ज्ञवालीलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सचिव पदमा सरुवा गरिएको छ । भएको हो ।