डडेल्धुरा, माघ १० । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चुनेको छ ।
यसैगरी सचिवमा ममता भट्ट निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा भुवन भण्डारी चुनिनु भएको छ । सहसचिव खुल्लामा वीरबहादुर भण्डारी निर्वाचित हुनुभएको छ भने समावेशी सहसचिवमा भोजराज ताम्रकार चुनिनु भएको छ ।
यसैगरी सदस्यहरूमा डवलबहादुर ठगुन्ना, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन हुनु भएको छ ।
यसैगरी केन्द्रीय परिषद सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी चयन हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साँउद र गरिमा बोहरा चयन हुनु भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य एवं डडेल्धुरा जिल्ला इन्चार्ज पूर्वमन्त्री पठानसिंह बोहराले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालकानेता बिश्वमणि सुवेदी, उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सचिब तथा सुदुरपश्चिम इन्चार्ज लोकश्वरी कुँबर, निर्बाचन आयोगका अध्यक्ष गणेश खनाल, प्रेस चौतारी डडेल्धुराका इन्चार्ज एंबम केन्द्रीय सदस्य मानबहादुर साँउद, प्रेस चौतारीका केन्द्रीय सदस्यहरू दिलबहादुर छत्याल, शुशिल ढुगना,धनराज साँउद, राजेन्द्र धामी, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, महासचिब शिबराज भटट, लगायतका चौतारीका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्