जनता टाइम्स

१३ माघ २०८१, आईतवार २२:४२

प्रेस चौतारी खोटाङको अध्यक्षमा राजन ठटाल


खोटाङ, माघ १३ । प्रेस चौतारी नेपाल खोटाङको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले राजन ठटालको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा पवन राईलाई चयन गरेको छ भने महिला उपाध्यक्षमा अस्मिता खत्री निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा सन्तोष पौडेल, सहसचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ । सदस्यहरूमा क्रमशः टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह–इन्चार्ज हरिवोल आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

कार्यक्रमको उद्घाटन एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले जनताका अधिकार कटौती नहुने गरी संविधान संशोधन हुने बताउनुभयो । साना दलहरूलाई नियन्त्रण गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दुई/चार सिट सांसद पाएका दलहरूले पनि प्रधानमन्त्री र मन्त्रीको लागि बार्गेनिङ गर्ने कुरालाई रोक्न पनि संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘कसैको प्रभाव, दबाब र आश्वासनमा परेर पत्रकारिता गर्नुहुँदैन, यसले पत्रकारितामाथिको विश्वसनीयता घट्छ, समाजले सही सूचना पाउँदैन’, उहाँले भन्नुभयो ।