जनता टाइम्स

१५ माघ २०८१, मंगलवार ००:२३

प्रेस चौतारीको तीन जिल्लामा नयाँ नेतृत्व : तेह्रथुममा उमेश, रुकुम पश्चिममा परिचन्द्र र बर्दियामा यज्ञ सापकोटा सर्वसम्मत


काठमाडौं, माघ १५ । प्रेस चौतारी नेपालका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

सोमबार सम्पन्न तेह्रथुम जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिव विनोद भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव सरस्वती राई र डिबी लिम्बु लिम्बु निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित हुनुभएको छ ।

यसैगरी प्रेस चौतारी नेपाल रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले परिचन्द्र खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

त्यस्तै प्रेस चौतारी नेपाल बर्दियाको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।