काठमाडौ, माघ १६ । प्रेस चौतारी नेपाल इलामको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट मनोज अधिकारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यसैगरी उपाध्यक्षमा योगेन्द्र शंकर र सरिता राई निर्वाचित हुनुभएको छ । सचिवमा खेमराज ढकाल सर्वसम्मत हुँदा सहसचिवमा रोशन काफ्ले र एलिसा गुरुङ निर्वाचित हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा विशाल साउदेन चुनिनु भएको छ ।
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिनु भएको छ ।
केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिनु भएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई, बुद्धराज योङहाङ र सुशील लिम्बु चुनिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्