काठमाडौं, माघ १७ । प्रेस चौतारी नेपाल सुनसरी, जुम्ला र दार्चुलामा नयाँ नेतृत्व चयन भएको छ । तीनवटा जिल्लाको बिहीबार सम्पन्न जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विकल पौडेल र महिला उपाध्यक्षमा सीमा बस्नेत निर्वाचित हुनुभएको छ ।
सचिवमा सुदिप पोख्रेल सर्वसम्मत निर्वाचित हुँदा सहसचिवमा लक्ष्मण कटवाल र सञ्जु राई निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा रोशन दाहाल चुनिनु भएको छ ।
सदस्यहरूमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली निर्वाचित हुनुभएको छ ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा सुभद्रा प्याकुरेल, शशी कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव, हिमाल दाहाल, प्रेम बास्तोला र केशव भट्टराई निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, सिसिर भट्टराई, बाबुराम खड्का, रूपमा रिजाल र यशोदा सेने निर्वाचित हुनुभएको छ ।
यसै गरी प्रेस चौतारी नेपाल जुम्लाको चौथो जिल्ला अधिवेशनले पत्रकार मानदत्त रावलको अध्यक्षतामा सर्वसम्मत रूपमा १५ सदस्सीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष खुलामा सपना रावत र समावेशीमा लक्ष्मी न्यौपाने चयन हुनुभएको छ ।
अधिवेशनबाट सचिवमा कालीबहादुर परियार निर्वाचित हुनुभएको छ भने सहसचिव खुलातर्फ दीपक बुढा थापा र समावेशीमा प्रभा भण्डारी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा महेश चौलागाईँ चुनिनु भएको छ ।
समितिको सदस्यमा सीता कुमाईं, कविता थापा, प्रभा भण्डारी, स्यानु उपाध्याय, हरिबहादुर रोकाया, ललितजंग थापा, लोकेशजंग कामी, बिनबहादुर रावत र नरेन्द्र रोकाया निर्वाचित हुनुभएको छ ।
प्रेस चौतारी नेपाल दार्चुला शाखाको पाँचौँ जिल्ला अधिवेशन पनि बिहीबार नै सम्पन्न भएको छ । अधिवेशनबाट लोकेन्द्रप्रसाद जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा खुल्ला तर्फ रमेशसिंह खत्री र समावेशीमा विमला धामी भुजेल निर्वाचित हुनुभएको छ । सचिवमा मानसिंह कुँवर निर्वाचित हुनुभएको छ भने सहसचिवमा नीरजकुमार धामी र पदम परियार निर्वाचित हुनुभएको छ । त्यसै गरी कोषाध्यक्षमा उद्धवसिंह धामी निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा रवि ओेड, मनोरथ मिश्र, जानकी जोशी र लोकेन्द्रसिंह धामी निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा चाँदनी चैसिर, कृष्णसिंह धामी र लक्ष्मणसिंह धामी चुनिनुभएको छ । प्रदेश प्रतिनिधिमा विपिन सिंह विष्ट, कीर्तिनिधि जोशी र लक्ष्मी भाट निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्