जनता टाइम्स

१८ माघ २०८१, शुक्रबार २१:०७

प्रेस चौतारी नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी, बैतडीमा प्रकाशचन्द्र भट्ट


काठमाडौं, माघ १८ । प्रेस चौतारी नेपालको नुवाकोट र बैतडीको जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

नुवाकोट जिल्लाको सातौँ अधिवेशनबाट श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष सुनिल श्रेष्ठ र महिला उपाध्यक्षमा सुमित्रा पौडेल निर्वाचित हुनुभएको छ ।

सर्वसम्मत रूपमा निर्वाचित जिल्ला कमिटीको सचिवमा केदार ढकाल र उपसचिवमा केपी अधिकारी निर्वाचित हुनुभएको छ । त्यसै गरी कोषाध्यक्षमा शिवहरि पाठक निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधि देवचन्द्र भट्ट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेल निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरुषोत्तम रिजाल र सुशीला लामिछाने चुनिनु भएको छ ।

यस्तै प्रेस चौतारी बैतडी जिल्लाको सातौँ अधिवेशन पनि शुक्रबार नै सम्पन्न भएको छ ।

अधिवेशनबाट प्रकाशचन्द्र भट्ट अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष मंगेस दयाल र राधिका भट्ट निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा प्रेम ओड निर्वाचित हुनुभएको छ भने सहसचिवमा डम्बर बोहरा र सरस्वती मडै चुनिनु भएको छ । कोषाध्यक्ष हरिसिंह साउद निर्वाचित हुनुभएको छ । सदस्यहरूमा सुरेन्द्र साउद, मदनराज भट्ट, बसन्ती पन्त र धर्मानन्द बडु निर्वाचित हुनुभएको छ ।

यस्तै केन्द्रीय प्रतिनिधिमा सिपी लोहिया र भागरथी महरा निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा पार्वती ओड र कृष्ण विष्ट निर्वाचित हुनुभएको छ ।