ओखलढुङ्गा, माघ १९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ओखलढुङ्गामा नयाँ नेतृत्व चयन भएको छ ।
संगठनका ११ औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट अर्जुन गिरीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
कमिटीको उपाध्यक्षमा सविन कार्की र लक्ष्मी दाहाल निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सुशील घिमिरे र सहसचिव अनुशा खतिवडा र चोलेन्द्र भुजेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा पुरुषोत्तम दाहाल चुनिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्