जनता टाइम्स

२१ माघ २०८१, सोमबार ०८:४१

प्रेस चौतारी धनकुटा र सङ्खुवासभामा नयाँ नेतृत्व


काठमाडौं, माघ २१  । प्रेस चौतारी नेपाल धनकुटा र सङ्खुवासभाका अधिवेशन सम्पन्न भएका छन् । दुवै जिल्लामा आइतबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रेस चौतारी नेपाल धनकुटाको १० औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट नारायण राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन कार्यक्रममा दुई जना पत्रकार सम्मानित हुनुभएको छ । कार्यक्रममा पत्रकार सोभिस चेम्जोङ र बलराम दाहाललाई पुरस्कृत सहित सम्मान गरिएको हो ।

जिल्लाका अध्यक्ष रविन कट्टेलले चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रेस चौतारी नेपालका उपाध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी प्रेस चौतारी सङ्खुवासभाको छैटौँ जिल्ला अधिवेशनले जनक चापागाईँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको दिव्याकुमारी राई निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा रमा चाम्लिङ र सहसचिवमा देशन राई निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कोषाध्यक्षमा कल्पना सुवेदी पौडेल निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट सदस्यमा सुमिता याक्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कुस राई, कञ्चन राई, विकास बिक, मङ्गल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचित हुनुभएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गङ्गा विष्ट, प्रेमप्रसाद निरौला र यमुना गुरागाईँलाई चुनेको छ । प्रदेश प्रतिनिधिमा दुर्गाबहादुर कटुवाल, समीक्षा मगर लगायत निर्वाचित हुनुभएको छ ।