काठमाडौं, माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताउनुभएको छ । गाजालाई अमेरिकाले कब्जा गरेर सेना राख्न सक्ने पनि उहाँले बताएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले गाजाबाट हटाइएका प्यालेस्टाइनीहरुको पुनर्वास गरिने बताउनुभएको छ ।
ट्रम्प कार्यकालका दुई पक्षीय भ्रमणमा जानुभएका प्रथम विदेशी सरकार प्रमुखको रूपमा पुगेका नेतान्याहुले ट्रम्पको मुद्दालाई सही भनेर साथ दिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । यस अघि इजिप्टको मरुभूमिमा सार्ने प्रस्ताव पहिल्यै आएको थियो तर इजिप्टले त्यसलाई अस्वीकार गरेको थियो । ट्रम्पको मन्तव्यको कडा विरोध पनि भएको छ । प्यालेस्टाइनी पृष्ठभूमिकी अमेरिकी सांसद रासिदा तालिबले ट्रम्पको प्रस्तावलाई ‘जातीय नरसंहार’को उपमा दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्