जनता टाइम्स

२६ माघ २०८१, शनिबार २२:२४

प्रेस चौतारीको पश्चिम नवलपरासीमा गौरीशङ्कर कलवार र सप्तरीमा डम्बर राई


काठमाडौं, माघ २६ । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी र सप्तरीको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट गौरीशङ्कर कलवारको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष सुरेश यादव र महिला उपाध्यक्षमा आरती राना निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा कल्पना खरेल, सहसचिवमा अभिषेक राव हरिजन र सुनयना चौधरी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा महेश यादव चुनिनु भएको छ । सदस्यहरूमा अमृता बिक र टेकबहादुर हरिजन निर्वाचित हुनुभएको छ ।

केन्द्रीय परिषद् सदस्यमा मेघराज गौतम र विष्णुमाया पाण्डे चुनिनु भएको छ । प्रदेश परिषद् सदस्यमा प्रमोद अर्याल निर्वाचित हुनुभएको छ ।

यसैगरी प्रेस चौतारी नेपाल सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट डम्बर राईको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा शिवप्रसाद आचार्य र पुनम पोखरेल निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिवमा कृष्णकुमार  मण्डल सहसचिवमा उत्सव आचार्य र नवीन यादव निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भूपदेव माली निर्वाचित हुनुभएको छ ।  सदस्यहरूमाा रवि शर्मा, अनिता चौधरी, कमलकुमार मण्डल र मनोज मेहता चुनिनु भएको छ ।